Breaking News.... EverestOnlineKhabar
September 11, 2026

एयर एसियाको बिमानमा चरा ठोकिएपछि…

Loading

एजेन्सी,२० असार ।
अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको एयर एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ । ३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आउनुका साथै बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको थियो ।
बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराएको हो । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए । बिमानको इन्जिन साधारण मर्मतपछि पुनः उडान सुचारु गर्ने एयर एसियाका अधिकारीहरुले बताएका छन् ।
गत साता एयर एसियाको सोही बिमानको इन्जिनमा खराबी आएपछि बिमानलाई अष्ट्रेलियाको पर्थमा आपतकालिन अवतरण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.