![]()
नेपालगञ्ज,२० असार ।
नेपालगन्ज उपमहमानगरपालिकाको मेयरमा राप्रपाका डा. धवलसम्शेर राणा र उपमेयरमा नेपाली कांग्रेसका उमा थापामगर विजयी भएका छन्। मत गणनाको अन्तिम परिणामअनुसार राणाले १२ हजार ५ सय १५ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मत ल्याएका छन्।
राणा यसअघि २०५४ सालमा नेपालगन्जको मेयर बनिसकेका छन्। त्यतिबेला उनी एमालेबाट मेयरमा निर्वाचत भएका थिए। कनोडियाभन्दा ३ हजार ७ सय ८५ बढी मत ल्याएर धवल विजयी भएका हुन्। डा. राणा तत्कालीन नेपालगन्ज नगरपालिकाको पूर्वमेयर समेत हुन्।
मंगलबार बिहान २ बजेतिर घोषित अन्तिम मत परिणाम अनुसार उपमेयर थापाले १० हजार ७ सय ३१ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्धन्द्धी राप्रपाकी रमारानी बैश्यले ८ हजार ९ सय २४ मत ल्याइन्। कूल २३ वटा वडा रहेको उपमहानगरपालिकाका वडामा नेपाली कांग्रेसले वर्चश्व जमाएको छ। मेयर र उपमेयरको अन्तिम परिणाम सार्वजनिक भएपछि मध्यरातमा पनि मत गणना स्थल भेरी प्राविधिक शिक्षालय बाहिर सर्वसाधारणको ठूलो भिड लागेको थियो।


