Breaking News.... EverestOnlineKhabar
May 12, 2026

अन्य उम्मेद्वारले पाएको मत पनि एमालेकै उम्मेद्वारको मतमा जोडेपछि धरानमा बबाल……

Loading

धरान,२० असार ।
मतगणना सकिएर घोषणा गर्नुअघि रुजु गर्ने क्रममा एउटाको मत अर्को पार्टीको उम्मेदवारलाई जोडिदिएको सूचना बाहिरिएपछि विवाद सिर्जना भएर सोमबार मध्यरातबाट धरान उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। माओवादी केन्द्रका नेता अशोक राईले भनेः‘गणक कर्मचारीहरुले नियोजितरुपमा नै एउटाको मत अर्कोलाई जोडिदिएको पाइयो, मतगणनाजस्तो संवेदनशील कुरामा चरम लापरबाही भएकाले विरोध गरेका हाँै।’
संघीय समाजवादी फोरम नेपालबाट उपमेयरका उम्मेदवारको मत अर्कै उम्मेदवारलाई जोडेको भन्दै नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम गठबन्धनका नेताहरुले चर्को विरोध गरेपछि राति ११ बजेपछि मतगणना स्थगित भएको हो।
वडा नं ९, १० र ११ को मतगणना भइरहँदा एमाले बढी मत जोडेको भन्दै सुरुमा विवाद भएको थियो। माओवादी, समाजवादी फोरम र कांग्रेसलगायत दलले विरोध गरेपछि ती गणक कर्मचारीलाई निष्काशन गरिएको केही घण्टालगत्तै वडा ९ को मतपरिणाम घोषणअघि अधिकृतको कार्यालयमा लगिएको चार्टलाई रुजु गर्ने क्रममा लापरबाही भेटिएको थियो।
निर्वाचन अधिकृतको कार्यालयले उक्त गल्तीलाई सच्याएर घोषणा गर्नुअघि नै माओवादी केन्द्र र समाजवादी फोरमका नेताहरुले थाहा पाएपछि विरोध गर्दै मतगणना कार्य तत्काल रोकेका थिए। यो प्रकरणले वडा ९ र १० को मतगणना सकिएपनि सार्वजनिक हुन पाएन।
निर्वाचन अधिकृतको कार्यालयले विवादलाई तत्काल समाधानको प्रयास गरेपनि माओवादी केन्द्र र समाजवादी फोरम गठबन्धनले मतगणना कार्य सुचारु गर्न सहमत भएन। त्यसपछि मध्यराति सर्वदलीय बैठक बसेर मंगलबार बिहान ७ बजे बैठक बसेर थप निर्णय गरी अघि बढ्ने निर्णय गरेपछि आज ८ बजिसक्दा पनि बैठक सुरु भएको छैन। मतगणना स्थगित भएपछि गणना कार्य भइरहेको वडा नं ११ को मतपत्रलाई सिलबन्दी गरेर सुरक्षित राखिएको छ। त्यस्तो गल्ती रुजु गरेर पत्ता लाग्ने र सच्याउने गरिएपनि मध्यराती सच्याउनु अघि नै दलका नेताहरुसम्म कुरा पुगेपछि विवाद भएको उनले बताए। पहिलो पटक बढी मत जोड्ने कर्मचारीलाई तत्काल निष्काशन गरिएको पनि उनले खुलाए।
राजनीतिक दलका नेताहरुले भने निर्वाचन कार्यालय र गणनामा खटिएका गणक कर्मचारीहरुले ज्यादै लापरबाही गरेको आरोप लगाए । कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले पनि निर्वाचन आयोगको फितलो व्यवस्थापनको कारण मतगणनामा समस्या देखिएको बताए। छिटो मतगणना सक्ने नाममा गणनास्थल थपेर जथाभावी कर्मचारी ल्याउने र गणनाको प्रक्रियाबारे ज्ञान नभएको कर्मचारीलाई साधारण ज्ञान पनि नदिई गणक बनाएको कारणले मतगणना र मतपरिणाम नै प्रभावित हुन पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.