Breaking News.... EverestOnlineKhabar
May 12, 2026

माओवादी केन्द्र आधार इलाका जोगाउन सफल…..

Loading

अछाम,१९ असार ।
तत्कालिन सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार क्षेत्र रहेको रामारोशन गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आइतबार राति सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेलाई ५६८ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।
अध्यक्ष पदमा विजयी भएका झंकर साउँदले ३४०२ मत ल्याए भने उपाध्यक्ष्मा पनि माओवादी केन्द्रकी सरस्वती रावलले ३२९० मत ल्याएर विजयी भइन । एमालेका चक्रबहादुर रावलले २७३४ मत पाएका छन् । उपाध्यक्ष पदमा एमालेकी विन्द्रा साउँदले २७६१ मत ल्याइन ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अध्यक्ष पदकी उम्मेदवार अनुराधा स्वारले २५४७ र उपाध्यक्षमा चन्द्र विश्वकर्माले २६३५ मत ल्याए । अछामका १० स्थानीय तह मध्ये ९ स्थानीय तहको मतपरिणम आएको छ । जसमा कांग्रेस ५, एमाले र माओवादी केन्द्रले २–२ स्थान मा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.