Breaking News.... EverestOnlineKhabar
May 12, 2026

दक्षिण कोरियाका राष्ट्रपति माथी उत्तर कोरियाको यस्तो आरोप….?

Loading

एजेन्सी,१९ असार ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले गतहप्ता वासिङ्टन भ्रमणका क्रममा अमेरिकासँग‘चाप्लुसी तथा आत्मसमर्पण’ गरेको उत्तर कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाली सरकारी दैनिक पत्रिका रोडोङ सिनममा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले‘कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवाबको सामना’ गर्नुपरेको बताइएको छ ।
राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तुसहित गएका कारण चाप्लुसी तथा आत्मसमर्पण गर्नुपरेको भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ । अब, उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशंका उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.