![]()
दिपायल,१९ असार ।
नेपाली कांग्रेसको तर्फबाट डोटी दिपायल सिलगढी नगरपालिकाको मेयर पदका उम्मेदवार बाजीसिंह खड्काले आफू लगायत जिल्लाभरीमा पार्टीले चुनाव हार्नुको मुख्य कारण पर्टीभित्रको अन्तरघात भएको बताएका छन् । चुनावको बिषयमा नेपाली कांग्रेस दिपायल सिलगढी नगर इकाइ समितिद्वारा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा खड्काले सो कुरा बताएका हुन् ।
दिपायल सिलगढी नगरमा एमाले विजयी भएको छ । खड्काले भनेः‘कांग्रेस चुनाव हार्नुको प्रमुख कारण पार्टीभित्रको अन्तरघात नै हो, दोश्रो कारण आर्थिक चलखेल पनि भएको छ, देशको प्रधानमन्त्री बन्ने हैसियत राख्ने व्यक्ति राति–राति पैसाको झोला बोकेर टोल–टोलमा जान्छन् भने परिणाम यस्तो आउनु स्वभाविकै हो ।’ उनले पैसा बाँड्ने ति व्यक्तिको नाम भने खुलाएनन् ।
पार्टीले टिकट वितरणका क्रममा ढिलाई गर्नु पनि चुनाव हार्नुको एउटा कारण भएको उनले बताए । आफूले संस्कारको राजनीति गरेको दाबी गर्दै खड्काले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई दिँदै चुनावमा हारे पनि छायाँ मेयरको रुपमा काम गर्ने बताए ।


