Breaking News.... EverestOnlineKhabar
May 12, 2026

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

Loading

तेह्रथुम, १७ असार ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ आम्दिममा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो । घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी १२ वर्षीया नातिनी प्रिती सोदेम्बा र ९ वर्षीय नाति प्रेम सोदेम्बाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले ३६ वर्षीय सोमकुमार सोदेम्बा, २० वर्षीय लोकप्रसाद सोदेम्बा र १५ वर्षीय प्रिया सोदेम्बा घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम पुर्‍याइएको छ । राति २ बजे घरमाथिबाट पहिरो खसेको थियो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.