Breaking News.... EverestOnlineKhabar
June 3, 2026

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेस र एमाले ३÷३ तथा माओवादी केन्द्र १ तहमा अगाडि

Loading

डडेलधुरा,१६ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ६ स्थानीय तहमा नेपाली कांग्रेस ३, नेकपा एमाले ३ र माओवादी केन्द्रले १ स्थानमा अगाडि देखिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र आलिताल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सदरमुकाम अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकामा एमालेले अग्रता लिएको छ । परशुराम नगरपालिकामा भने नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । अमरगढी नगरपालिकामा ८ वटा वडाको मतगणना भइसक्दा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट मेयरका उम्मेदवार विपिन ओझाले २ हजार ५ सय ३४ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका प्रमुख पदका उमेदवार डिल्लीराज जोशीले २ हजार ५ सय ४ मत ल्याउनुभएको छ ।
यस्तै उपमेयरमा एमालेका संगीता भण्डारीले २ हजार ३ सय ५५ मत ल्याउनु भएको छ भने कांग्रेसका पार्वती झुकालले २ हजार २ सय १५ मत ल्याउनु भएको छ ।
यसैगरी अहिलेसम्म २३ वडाको मत सार्वजनिक भएको छ । जस अनुसार सबै भन्दा बढी नेकपा एमाले ९ वडा विजयी भएको छ भने नेपाली कांग्रेस ९ वडा र माओवादी केन्द्र ४ वडामा विजयी भएको छ । अमरगढी नगरपालिकाको वडा नं. ११ मा एमालेको प्यानल सहित विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार सूर्यप्रकाश खड्का ३६३ मत ल्याएर विजय भएका हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मसिंह धानुकले २६० मत ल्याउनुभयो । यस्तै अमरगढीको वडा नं. ४, ९ र १० मा एमाले विजयी भएको छ । आलिताल गाउँपालिकाको वडा नम्बर १ र ५, भागेश्वर गाउँपालिकाको १ र २ तथा नवदुर्गा गाउँपालिकाको १ वडामा एमाले विजयी भएको हो ।
यस्तै नेपाली कांग्रेसले अमरगढी नगरपालिकाको १, २, ३ र ८ मा विजयी हासिल गरेको छ । नेपाली कांग्रेसले अजयमेरु १, नवदुर्गा ५, गन्यापधुरा १ र २ तथा परशुराम २ मा विजयी हासिल गरेको छ । यस्तै डडेल्धुराको अजयमेरु गाउँपालिका ६ मा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । माओवादी केन्द्रले भागेश्वर ५, परशुराम १ र आलिताल ८ मा माओवादी केन्द्र विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed