Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौ,१६ असार ।
निर्वाचन आयोगले बिहीबार अपरान्ह साढे ५ बजे सम्ममा ३ सय ७ स्थानीय तहको मतगणना सुरु भएको जनाएको छ । दोस्रो चरणमा बुधबार प्रदेश नम्बर १, ५ र ७ को ३३४ स्थानीय तहको निर्वाचन भएको थियो । त्यसमध्ये रुपन्देहीमा १ र बझाङमा १ गरी दुई स्थानीय तहको एक–एक वडामा मतदान बाँकी रहेकाले सिंगो गाउँपालिकाकै मतगणना रोकिएको छ । प्रदेश नम्बर १ का १३७ स्थानीय तहमध्ये ४ स्थानको गणना मात्रै सुरु हुन सकेको छैन । ताप्लेजुङ र संखुवासभाको १÷१ र सोलुखुम्बुको २ स्थानीय तहमा मतगणना सुरु हुन बाँकी छ ।
त्यस्तै, मतदान सम्पन्न भएका प्रदेश नम्बर ५ को १ सय ८ स्थानीय तहमध्ये ३ स्थानको गणना सुरु हुन बाँकी छ । आयोगको निर्वाचन परिचालन केन्द्रका अनुसार गुल्मी, दाङ र रुकुमका १÷१ स्थानमा गणना प्रारम्भ हुन बाँकी छ । प्रदेश नम्बर ७ को मतदान सम्पन्न ८७ स्थानीय तहमध्ये १८ स्थानको मतगणना प्रारम्भ हुन सकेको छैन । अछाममा ५, बाजुरामा ४, बझाङ र बैतडीमा ३÷३ तथा दार्चुलामा २ र कैलालीमा १ स्थानको गणना सुरु हुन नसकेको हो ।
पहाडी र हिमाली जिल्लाका विकटस्थानका मतपेटिका संकलनकै क्रममा रहेकाले कतिपय स्थानमा मतगणना ढिलाई भएको हो । आयोगले २२ मतदानस्थलको मतपेटिका संकलन गर्न बाँकी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed