Breaking News.... EverestOnlineKhabar
April 19, 2026

एमालेका सांसद मतदातालाई पैसा बाँड्दै गर्दा नियन्त्रणमा…, पाल्पामा पनि पैसा बाँड्ने समातिए

Loading

ओखलढुङ्गा,१४ असार ।
ओखलढुंगा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा पक्राउ परेका छन्। उनलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि मोलुङ गाउँपालिकाको रामपुर भन्नेठाउँका मतदातालाई पैसा बाँडिरहेको बेलामा स्थानीयले रंगेहात पक्राउ गरेको हो ।
स्थानीयले उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रामपुरलाई जिम्मा लगाएको थियो । सांसद् सुनुवार त्यही गाउँपालिकाका मतदाता हुन् । उनी उक्त गाउँपालिकाको श्रीचौर भन्ने ठाउँका हुन्। उनीलाई एमाले उम्मेदवार मणिराज राईको पक्षमा मत माग्दैगर्दा स्थानीयले नियन्त्रणमा लिएको काँग्रेस स्थानीय नेता बालकृष्ण दाहालले जानकारी दिए।
चुनावका लागि पैसा बाँड्ने र गुण्डागर्दी समेत गर्न खोजेपछि स्थानीयले उनी विरुद्ध नाराबाजी समेत गरेका थिए । स्थिती अप्रिय हुने भएपछि उनलाई प्रहरीले सुरक्षा दिएर त्यहाँबाट अन्यत्र लैजान खोजेपनि स्थानीयले उनलाई अन्यत्र लैजानबाट रोकेका थिए ।
पैसा बाँड्नै आएपनि सांसद् भएको नाताले उनलाई प्रहरीले सुरक्षा दिईरहेको छ। उनले मतदाताको हैसियत हेरेर प्रतिव्यक्ति दुई हजारदेखि २० हजारसम्म बाँडेको स्थानियले बताएका छन् ।
यसैबीच,पाल्पामा पनि स्थानीय तहको चुनावमा पैसा दिएर मतदातालाई प्रभावमा पर्न खोज्ने एमाले उम्मेदवार पक्राउ परेका छन्। पाल्पाको रिप्तीकोट गाउँपालिका वडा नं ३ का वडाध्यक्षको उम्मेदवार विष्णुप्रसाद खनालले मतदातालाई पैसा बाँडिरहेको बेला स्थानीयले नियन्त्रणमा लिएका हुन्। उनलाई स्थानीयले प्रहरीको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed