Breaking News.... EverestOnlineKhabar
April 19, 2026

बैतडीमा ११३ र १०३ वर्षका वृद्धले गरे मतदान…..

Loading

बैतडी,१४ असार ।
बैतडीको चर्नाया गाउँपालिकामा ११३ वर्षका पशुपति साउदले मतदान गरेका छन् । उनले भूमिराज निमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । यस्तै बैतडीकै राष्ट्रिय मावि फातीगढा मतदान केन्द्रबाट १०३ वर्षका हरिजीत साउदले पनि मतदान गरेका छन् । गाउँको विकासका लागि सकी नसकी मतदान केन्द्रमा आएर भोट हालेको ११३ वर्षका पशुपति साउदले प्रतिक्रिया दिए । बैतडीमा अहिले घाम लागिरहेकाले मतदाताहरु उत्साहका साथ मतदान केन्द्र गईरहेका छन् ।
बैतडीको ४ नगरपालिका र ६ गाउँपालिकाका लागि ४ सय ४० पदका लागि १ हजार ७ सय ४ जना चुनावी मैदानमा छन् । बैतडीका १ सय ७४ मतदान स्थलमा मतदान भइरहेको छ । प्रदेश नं. ७ को बैतडीमा १ लाख २५ हजार २ सय ८३ जना मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed