Breaking News.... EverestOnlineKhabar
April 20, 2026

‘चुनावअघि संविधान संशोधन संभावना छैन’

Loading

 प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनावअघि संविधान संशोधन संभावना सम्भावना नभएको बताउनुभएको छ। चुनाव सकिनासाथ संविधान संशोधन गर्ने देउवाले प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै देउवाले चुनावमा भाग लिन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।

तीनै तहको चुनाव अहिलेको आवश्यकता र जरुरी भएको भन्दै सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित भएको  देउवाले  बताउनुभयो । चुनावपछि आर्थिक संमृद्वि हासिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थापिका संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि जनताको इच्छा अनुसार काम हुने बताउनुभयो । चुनावलाई महत्वपूर्ण पर्वकोरुपमा लिएर समयै तीन तहको चुनाव सम्पन्न गर्र्ने प्रधानमन्त्री देउवाले अठोट लिनुभयो । समावेशी, समानुपातिक ढंगले देश अगाडि बढ्न आवश्यक भएको उहाँको भनाई थियो ।

व्यवस्थापिका संसदको अर्को बैठक जेठ २८ गते दिउँशो बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed