Breaking News.... EverestOnlineKhabar
April 20, 2026

नेपाल भारतसँग २–० गोलले पराजित

Loading

काठमाडौ,२४ जेठ ।
एएफसी एसियन कप २०१९ को छनौटको तयारीमा रहेको नेपाल मंगलबार भारतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा २–० गोल अन्तरले पराजित भएको छ । ५९ औँ मिनेटमा भारतले पहिलो गोल गरेको हो । ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जन रातो काड पाएर बाहिरिए ।
१० खेलाडीमा सिमित नेपालविरुद्ध ७८ औँ मिनेटमा भारतले दोस्रो गोल गरेर २–० गोल अन्तरले विजयी भयो। एसियन कपको तयारीमै रहेको भारतकै निमन्त्रणामा नेपाल भारतसँग मुम्बईको अन्धेरी स्पोर्टस कम्प्लेक्समा मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्द भएपछि भारतले नेपाललाई बोलाएको थियो ।
भारत र नेपालबिच पछिल्लो पटक साफ च्याम्पियनसिप अन्तर्गत २०७२ को पुसमा खेल भएको थियो । त्यसपछि पहिलो पटक मंगलबार दुई देशबिच खेल भएको हो । सन् २०१६ मा अपराजित रहेको नेपाली टोली पछिल्लो पटक साढे तीन महिनाअघि एसियन कप छनौटको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो । नेपाली टोली फिलिपिन्ससँगको त्यो हारपछि अब बाहिर निस्कने लक्ष्यका साथ मुम्बई पुगेको थियो तर भारतसँग पराजित भएपछि नेपालको लक्ष पूरा भएन ।
आउँदो मंगलबार एसियन कप छनौट अन्तर्गत यमनसँग नेपाल र भारतले पनि त्यही दिन बैंगलोरमा किर्गिस्तानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed