Breaking News.... EverestOnlineKhabar
April 22, 2026

चार माहानगरमा काँग्रेस तीन र माओबादी एक मेयर हुनेगरी यसरी भयो तालमेल

Loading

काठमाण्डौ । नेपाली काँग्रेस र माओबादी केन्द्रबीच स्थानीय तह निर्बाचनको लागी काठमाण्डौ, पोखरा र चितवनमा चुनाबी तालमेल भएको छ । उक्त तालमेलमा काठमाण्डौ र पोखराका लागी काँग्रेसका लागी माओबादी केन्द्रले छाडेको छ भने चितवनका लागी माओबादी केन्द्रका लागी काँग्रेसले छाडेको छ । काठमाण्डौमा भएको तालमेलपछि काँग्रेस उमेर्द्वार राजुराज जोशीको पल्लाभारी भएको बताईन्छ ।
सरकारको नेतृत्व गरिरहेको दल माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले मेयरमा उमेर्द्वारी दिएकी छिन् । काँग्रेस र माओबादी केन्द्रका शीर्ष नेताहरुको सहमती अनुसार भरतपुरमा मेयरको उमेर्द्वारी दिएका दिनेश कोईरालाको उमेर्द्वारी नेतृ दाहाललाई सघाउने सर्तमा फिर्ता भएको छ ।
पोखरामा भने माओबादी केन्द्रका तर्फबाट उमेर्द्वारी फिर्ता लिएका छन् । पोखरा लेखनाथ माहानगरपालीकामा माओबादी केन्द्रको तर्फबाट उमेर्द्वारी दिएका बिश्वप्रकाश लामिछानेले उमेर्द्वारी फिर्ता लिएका छन् । काँग्रेसका तर्फबाट मेयरमा रामजी कुंवर लडेका छन् । उपमेयरमा भने माओबादी केन्द्रले आफ्ना उमेर्द्वार गोमा ढकाललाई यथावत राखेको समाचार छ । पोखरामा एमालेका मेयरका उमेर्द्वार मानबहादर जीसीसंग काँग्रेस उमेर्द्वारको प्रतिस्पर्धा हुनेछ ।
पोखरा, काठमाण्डौ र चितवनमा काँग्रेस शीर्ष नेताहरुले चुनवी तालमेल गरेपनि ललीतपूरमा भने हुन सकेन । त्यहा कँग्रेस, एमाले र माओबादी केन्द्रको प्रतिश्पर्धा हुने अनुमान लगाइएको छ ।
ललीतपुरमा काँग्रेसका चीरिबाबु महर्जन मयेर र गीता सत्याल उपमेयरमा उमेर्द्वारी दिएका छन् । नेपाली काँग्रेसका पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोईराला लगायत असंख्य कार्यकर्ताहरुले माओबादीसंगको चुनावी तालमेलको कडा बिरोध गरेका छन् । बिहीबार चुनाबी तालमेलको कुरा आएपछि चितवनमा त काँग्रेस कार्यकर्ताहरुले पार्टी सभापति बिरुद्ध नाराबाजी र तोडफोड समेत गरेका थिए ।
चुनाबी तालमेलले काठमाण्डौ लगायतका ठाँउमा राप्रपासंग तालमेल गरेर उमेर्द्वार उठाएको प्रमुख प्रतिपक्षी दल एमालेलाई हराउने बिश्वास काँग्रेस शीर्ष नेतृत्वको छ, त्यसो भए काँग्रेसका लागी फाईदा नै हुन सक्छ तर काँग्रेस कार्यकताहरुले माओबादीको हँसिया हतौडामा भोट हाल्ने सम्भाबना देखिदैन भने बैचारिक रुपमा नै प्रधान शत्रु मान्ने माओबादी केन्द्रले काँग्रेसको रुख चिन्हमा भोट हाल्ने सम्भाबना देखिदैन ।
नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की र माओबादी नेता बर्षमान पुनः, कृष्णबहादुर महराको सहकार्यमा उक्त तालमेल भएको हो । ललीतपूरमा तालमेल नभएको भएपनि काँग्रेसलाई माओबादी केन्द्रले सघाउने बताईएको छ ।
काँग्रेसमा बिभिन्न रुपबाट नेता कार्यकर्ताले तालमेलको बिरोध गरेपनि माओबादी केन्द्रमा भने छोरीका लागी प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी काँग्रेसलाई बुझाएको आरोप छ ।
माओबादी केन्द्रले पोखरा, काठमाण्डौ र ललीतपूरमा काँग्रेसलाई समर्थन गर्नेछ भने काँग्रेसले त्यसका लगी भरतपूरमा माओबादी केन्द्रलाई सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed