![]()
जाजरकोट, वैशाख २१ । जाजरकोट, कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा एमालेको चुनावीसभामा आक्रमण भएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ ।
सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेकाबेला कांग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताए । आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।
उनकाअनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुंगा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ । आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।


