Breaking News.... EverestOnlineKhabar
June 25, 2026

चर्चित स्ट्राइकर नेइमार विश्व कै धनी फुटबलर बन्ने अभियानमा….

Loading

एजेन्सी,२२ चैत ।
बार्सिलोनाले आफ्नो स्टार ब्राजिली स्ट्राइकर नेइमारको बिक्रिका लागि विश्व कीर्तिमानधारी रकम करिब २२ अर्ब रुपैयाँको प्रस्ताव अगाडि सारेको छ। क्याम्प नोउले नेइमारको स्थानान्तरणका लागि आफ्नो मूल्य सूची अगाडि सारेपछि प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाइटेड हौसिएको र छिटै उनीहरुले अनुबन्धका लागि बार्सिलोनासँग प्रस्तावको विषयमा कुरा अगाडि बढाउन सक्ने बताइएको छ।
विश्व चर्चित पत्रिका‘द टाइम्स’ का अनुसार नेइमारको अनुबन्धका लागि यी दुवै इङ्लिस क्लब इच्छुक देखिएका छन्। नेइमारका लागि बार्सिलोनाले तोकेको रकम अहिलेसम्म कै सर्वाधिक मानिएको छ। गत सिजन पाउल पोग्बालाई अनुबन्धित गर्दा म्यानचेस्टर युनाइटेडले करिब ११ अर्ब रुपैयाँ खर्चिएको थियो।
२५ वर्षीय नेइमारले पनि कर कट्टा गरेर आफ्नो वार्षिक कमाइँ २ अर्ब ७५ करोड हुनु पर्ने प्रस्ताव राखेका छन्। यो सम्झौता सफल भएको खण्डमा नेइमार रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाकै अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीभन्दा महंगा खेलाडी बन्ने छन्। नेइमारले २ दिनअघि मात्र बार्सिलोनाका लागि सयौं गोल पुरा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed