Breaking News.... EverestOnlineKhabar
May 11, 2026

मेलम्ची खानेपानी आयोजना निर्माण दशै अघि नै सम्पन्न होला त…?

Loading

काठमाडौ,२२ चैत ।आगामी दशैमा मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने कुरामा काठमाडौवासी अझै विश्वस्त हुन सकेका छैनन् । किनभने यो मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने सपना उपत्यकाबासीको धेरै पुरानो सपना हो । तर अहिलेसम्म सपना सपनामै सिमित भईरहेको छ । तर पछिल्लो समय आयोजनाको काम हेर्दा मेलम्ची खानेपानी ढिलोचाडो काठमाडौ आईपुग्ने विश्वास गर्दैआएका छन् उपत्यकावासीले ।

आगामी दशै अघि नै मेलम्ची खानेपानी काठमाडौ आईपुग्ने अन्यौल कायमै रहेका बेला व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले मंगलबार खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न निर्देशन दिएको छ । साथै प्रत्येक महिना प्रगति विवरण पेश गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई भनेको छ ।

समितिले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण वितरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि निर्देशन दिएको छ । समितिले पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा आएको समस्या समाधान गर्न, वातावरणीय प्रदुषण न्यूनीकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्देशन दिएको छ ।

समितिले आयोजनाको स्थलगत अवलोकन गर्ने तयारी पनि गरेको छ । आयोजनाबाट वित्तिय व्यवस्थापनसम्बन्धी विवरण समितिमा आउने वित्तिकै स्थलगत अवलोकन गर्ने निर्णय लिइएको समितिले जनाएको छ । बैठकमा खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनले मेलम्ची खानेपानीको निर्माण कार्य दशैं भित्र सक्ने प्रतिवद्धता जनाए ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणको काम अब ४ किलोमिटर मात्रै बाँकी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.