Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

आज भोली पबित्रा पधेराको कथा बन्न पुगेकी छे । हिजोका दिन सम्म कोठाको चार भित्तो भित्र बाँधिएकी पबित्रा आजका दिनहरूमा पधेरामा छरिपष्ट भएकी छे । लोग्नेको अपुग मायाँको कारण बजारमा आफ्नो बोली चडाउन पुगेकी पबित्रा र पबित्राको छरिएका चाहनाहरू पधेरामा लुगा धुन र पानी भर्न आउने आईमाईका ओठे कथा बनेकी पबित्रा किन हो कुन्नी त्यो पधेरालाई आफ्नो सौताको नजरमा हेर्न बाध्य छिन । होलान कुनै बाध्यताका माखे साँङलोहरू । हिजो आफ्नो कोठाको चार भित्तोलाई साहरा मानेर रोई बस्ने पबित्रा आज किन पधेरामा छरिन पुगेकी छे यो कुराको सहज उत्तर कसैले दिन सकेका छैनन ।

तर ति पधेताका हुलहरू आफ्नो ओठमा अस्लिल कथा गुथेर त्यो कथाको प्रथम पात्र नै पबित्रालाई बनाउँदै छन । मदन हो पबित्राको लोग्ने । रक्सीको मातमा दिन रात अर्कै आईमाई माथी खनीने मदन किन मौन बस्न सक्दैन ? हिजो मदन बजारमा बिक्दा त पबित्रा मौन नै बसेकी थिन त । अनी हिजो मदन किन पधेराको कथा बन्न सकेन ? जसरी आज पबित्रा बजारमा पोखीदा तुरून्त पधेराको आईमाईका बथान बिच ओठे कथा बन्न बिबस छिन ?

बिहान जुरूक्क उठेर बजार डुल्न हिडेको मदन झमक्क रात परे पछी रक्सीको मातमा अर्कै आईमाईको गन्ध बोकेर घर छिर्दा पबित्रा मौन नै बसेकी हुन्थिन । बलेको चुल्होको मुखमा अगुल्टो कोचेर आफ्नो यौनीक प्यास बुझाउँदै पबित्राले कयन दिन र रातहरू रोएरै बिताईन । तर पनी मदनको ब्यबहार उन्ले पधेराको कथा बन्न दिईनन । आफु र आफ्नो चाहनाहरू तिलान्जली दिदै पबित्रा कठोर बनी सकेकी थिईन ।
समयको खेला । एक दिन पबित्राको जिवनमा योगेसको प्रबेस भयो । योगेस मरि मेटेर पबित्राको पछि लाग्न थाल्यो । महिनौको प्रयास पछि योगेसले पबित्राको मन जित्यो पनी । उस्ले पबित्राको सानो देखी सानो सम्मका खुसीहरू समेटेर एक मायाँको माला पबित्रालाई पहिराई दियो । दुई ज्यान एक मुटु बने पबित्रा र योगेस । सहबास भयो दुई बिच । एक आपस बिना बाँच्नै नसक्ने भए पबित्रा र योगेस । पबित्राको खुसी फर्कियो । पबित्रा हाँस्न थालीन ।

तर …..तर यो समाजले पबित्राको हाँसो र खुसी सहन सकेन । मदनको कान फुक्न थाल्यो यो अरिष्ट समाजले । अर्काकी स्वास्ने खेलाउँदै बजार डुल्ने मदन आज आफ्नो स्वास्नीको पतिब्रताको प्रमाण खोज्न तम्सदै छ । बजार भरका बाईफाले आईमाई बिच आफ्नो सरीर नङगाउँदै मर्द कहलीएको मदन आज किन पबित्रा र योगेस बिचको हिम चिममा आफुलाई नामर्दको सोचमा देख्न बिबस छ ?
पबित्राको मायाँको कथालाई अस्लिलताको घुम्टो ओडाएर पधेराको कथा बनाउँदै हिडने आईमाईको ओठमा पबित्राको चरित्र झुन्डाई दिएको छ आज मदनले । लोग्नेको पासबिक यातना बाट मुक्ती पाउन कठोर बनेकी पबित्रा र पबित्राको मायाँमा पागल बनेको योगेस जस्ता पात्रहरू मात्र किन पधेराको कथा बन्न बाध्य छन । किन ? आखिर किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed