Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने ?

Loading

काठमाडौ,२० साउन ।
कतारले विदेशी नागरिकलाई स्थायी बसोबासको अनुमति दिने तयारी गरेको छ । विदेशी कामदारमाथि भारी मात्रामा निर्भर रहेका कुनै पनि खाडी मुलुकमा यस किसिमको योजना ल्याइएको पहिलो हो । कतारको मन्त्रिपरिषदले विदेशीलाई स्थायी बसोबासको अनुमति दिने योजनाको मस्यौदालाई पारित गरेको छ ।
यद्यपि स्थायी बसोबासका लागि केही सर्त भने राखिएका छन् । मस्यौदाअनुसार कतारी महिलासँग विवाह गर्ने विदेशी नागरिकको बच्चा तथा राम्रो काम गर्ने प्रवासीले स्थायी रुपमा बसोबास पाउने छन् । यो नयाँ कानुनअनुसार योग्य ठहरिएका प्रवासीलाई कतारको आन्तरिक मामिला मन्त्रीले स्थायी निवासका लागि अनुमति प्रदान गर्ने छन् । हाल कतारमा करिब २७ लाख मानिस भए पनि ३ लाख मात्र कतारी नागरिक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed