Breaking News.... EverestOnlineKhabar
June 25, 2026

भोलीदेखि थ्री बाई थ्री राष्ट्रिय बास्केटबल हुने

Loading

काठमाडौ,२० साउन ।
ललितपुर जिल्ला बास्केटबल संघले यही शनिबारदेखि थ्री बाई थ्री राष्ट्रिय पुरुष तथा महिला बास्केटबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा ७५ भन्दा बढी टिमको सहभागिता रहने बताइएको छ ।
लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा धरान, झापा, विराटनगर, काभ्रे र रुपन्देहीबाट समान २–२ टोलीले सहभागिता जनाउँदैछन् । १२ राष्ट्रिय खेलाडीले १२ टिमको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेता टिमले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी, महिलातर्फको विजेता टिमले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed