Breaking News.... EverestOnlineKhabar
June 25, 2026

दोलखामा पहिरोः चार जना बेपत्ता।सडक समेत अबरुद्ध

Loading

दोलखा,१४ असार ।
भीमेश्वर नगरपालिका– ९ लाकुरीडाँडास्थित डाडाँगाउँ कुतकुतेमा बुधबार राति करिब १ बजे पहिरो जाँदा दुई घरका चारजना बेपत्ता भएका छन् । भीषण वर्षापछि बगाएको पहिरोले उक्त बस्तीस्थित मंगले थामीको अन्दाजी ३५ वर्षीया श्रीमती शान्ति थामी, छोरीहरु १२ वर्षकी सन्तोषी र १० वर्षकी रोशनी थामी बेपत्ता भएका छन् । त्यही बस्तीकी ७९ वर्षकी लाटी थामी पनि हराइरहेकी नगरको वडा नं ९ का वडा सदस्य किरण वलीले जानकारी दिइन् ।
उनका अनुसार दुई घर पहिरोले पुरै बगाए पनि मंगले थामी भने चर्पी जान बाहिर निस्किएले सकुशल रहेका छन् । लगातारको वर्षाले वडा( ९ का विभिन्न स्थानमा पहिरो जाँदा दोलखा जिल्ला जोड्ने लामोसाँघु(जिरी सडक अबरुद्ध छ । पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई सरेका छन् ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले राति नै मानवीय उद्धारका लागि सुरक्षार्मीलाई परिचालन गर्न प्रजिअ र प्रनाउलाई जानकारी गराएको बताए । र, क्षतिको स्थिति हेरी सुरक्षा र राहत समाग्रीसहित पहिरोग्रस्त क्षेत्र जाने तयारी भइरहेको उनले बताए । प्रनाउ रामेश्वर कार्कीले प्रहरी घटनास्थल पुगेको र थप जानकारी नआएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed