Breaking News.... EverestOnlineKhabar
June 25, 2026

उत्साह र उमंगका साथ निर्धक्क भएर मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

Loading

काठमाडौ,१४ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी भई मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेकी छन् । उनले नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ साल माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको बताएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो चरणको निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक सम्बृद्धिको ढोका खोल्नेछ भन्ने राष्ट्रपतिले विश्वास लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed