Breaking News.... EverestOnlineKhabar
June 25, 2026

जर्मनी र चिली सेमिफाइनलमा प्रवेश

Loading

एजेन्सी,१२ असार ।
जर्मनी र चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा अफ्रिकी च्याम्पियन क्यामरुनलाई ३–१ ले हराउँदै विश्व विजेता जर्मनी सेमिफाइनलमा पुगेको हो । यही समूहको अर्को खेलमा अस्ट्रेलियासँग १–१ गोलको बराबरी खेल्दै ल्याटिन अमेरिकी च्याम्पियन चिली पनि सेमिफाइनलमा पुगेको छ ।
गएरातिका खेलपछि रुसमा जारी कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । बुधबार हुने पहिलो सेमिफाइनलमा चिली र पोर्चुगल भिड्नेछन् भने बिहीबार जर्मनीले मेक्सिकोसँग दोस्रो सेमिफाइनल खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed