Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कांग्रेसले छान्यो झापाको सबै तहमा उम्मेदवार………

Loading

झापा,१९ जेठ ।
नेपाली कांग्रेसले झापाको सबै १५ वटै स्थानीय तहमा उम्मेदवारहरुको टुंगो लगाएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले जिल्लाको सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो । यसअघि नै ९ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको थियो । बाँकी तहमा केन्द्रीय समितिबाटै उम्मेदवार टुंगो लगाइएको कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए ।
झापाका कुल १५ वटा स्थानीय तहमध्ये एउटा गाउँपालिकाको प्रमुखमा महिलालाई उठाइएको छ । झापाको राजबंशी आदिवासी समुदायबाट ३ वटा प्रमुख पदमा उम्मेदवारी दिइएको छ भने मधेसी समुदायले दुईवटा स्थानीय तहको प्रमुखमा उम्मदेवारी पाएको छ ।
पहाडे जनजाति समुदायबाट चारवटा स्थानीय तहमा उम्मदेवारी दिने कांग्रेसको निर्णय छ । १५ स्थानीय तहमध्ये ६ वटा नगरपालिका प्रमुखमा पहाडे क्षेत्री बाहुन समुदायबाट उम्मेदवारी दिइएको छ । जिल्लाको उम्मेदवारी घोषणामा कांग्रेसले जातीय सन्तुलन मिलाएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed