Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रधानमन्त्री दाहालले निक गरे प्रहरीको यस्तो प्रशंसा…..?

Loading

काठमाडौ,१९ जेठ ।
पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ले उच्च प्रशंसा गरेका छन् । साथै प्रधानमन्त्री दाहालले स्थानीय तहको दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनमा यस्तै भूमिकाको अपेक्षा गरेको समेत बताएका छन् ।
प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन महत्वपूर्ण आधारशीला भएको भन्दै प्रधानमन्त्री दाहालले भनेः‘ दोस्रो चरणको निर्वाचन व्यापक जनसहभागितामा उत्सवकै रुपमा सम्पन्न गर्ने तयारी भइसकेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed