![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन । केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिने बिषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले गरेको प्रस्ताव वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालका कारण संकटमा परेको छ ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनाल र नेपालले पोलिटव्युरो गठन नगरी केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्न नसकिने अडान लिएपछि अन्य सदस्यहरुले पनि त्यसमा समर्थन गरेको बुझिएको छ । आफू अल्पमतमा परेपछि अध्यक्ष ओली र दाहालले बैठक स्थगित गरेका थिए ।
अब सोमबार बस्ने सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्ने भनिएपनि पोलिटव्युरो गठनको सुनिश्चितता नभएसम्म त्यो सम्भव नहुने देखिएको छ ।
केन्द्रीय सदस्यको कार्य्विभाजनपछिमात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


