Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै निर्मला पन्तको परिवार अनिश्चितकालिन धर्नामा

Loading

कञ्चनपुर । साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ । निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेको हो ।

पन्तको परिवारसहित सयौं सर्वसाधारण स्थानीय मदनचोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्नामा बसेको हो ।  र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे ।

उनीहरुले ‘बलात्कारी सरकारसँग’ ‘निर्मला पन्तको हत्या सार्वजनिक गर नत्र गृहमन्त्रीले राजीनामा देउ’, ‘प्रधानमन्त्री हत्यारा लुकाउन पाइँदैन’, नेताको सिको सिकेछ प्रहरी पनि बिकेछ’ लगायतका चर्का नारा लगाएका थिए ।

यसअघि निर्मला पन्तका बाबु यज्ञराजले साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक नगरेको भन्दै आफुहरु धर्नामा बस्न लागेको बताएका थिए । उनले कि सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो भन्ने सरकारलाई सन्देश दिन पनि धर्नामा बस्नुपरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed