Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिता पुस १ गतेबाट पोखरामा

Loading

काठमाडौं । राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिताको चौथो संस्करण आगामी पुस १ गतेबाट पोखरामा हुने भएको छ । पोखरा रंगशालामा पुस ७ गतेसम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ ।

गत फागुनमा सम्पन्न चौथो राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ८ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । जसमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ तथा बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब  र नयाँबजार युवा क्लब छन् ।

राष्ट्रिय महिला तथा पुरूष क्लब लिग भलिबललाई गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेपछि प्रतियोगिता आरबिबी–एनभिए राष्ट्रिय लिगको नाममा हुँदै आएको छ । राष्ट्रिय महिला लिग भलिबल प्रतियोगिता जेठमा सम्पन्न भए पनि पुरूष भलिबल टोली एशियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका कारण यस प्रतियोगिताको मिति सार्नुपरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । चन्दले प्रतियोगिता राउन्ड रोबिन लिगमा भए पनि विजेताको टुंगो लगाउने विषय टुंगो नलागेको बताए ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार तथा चौथो हुनेले २५ हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही ५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed