Breaking News.... EverestOnlineKhabar
June 25, 2026

क्रिष्टल प्यालेसलाई हराउँदै टोटनह्याम चौथो स्थानमा

Loading

एजेन्सी । टोटनह्यामले इङलीस प्रिमिएर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । क्रिष्टल प्लालेसको मैदानमा पहिलो हाफमा गोलरहित बराबरी खेलको पाहुना टोली टोटनह्याम दोस्रो हाफमा अग्रता बनाउन सफल भएको थियो ।

खेलको ६६ औ मिनेटमा रक्षक हुवाँको गोलबाट अग्रता बनाएको टोटनह्यामले बाँकी समयमा केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । निरन्तर पराजित भइरहेको क्रिष्टलले खेलको अन्तिम समयमा गोल गर्ने अवसर बनाएपनि टोटनह्यामका गोलरक्षकले विफल बनाएका थिए । जितपछि टोटनह्याम १२ खेलबाट २७ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । पराजित क्रिष्टल प्यालेस १६ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed