Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बालविवाह रोक्न संविधान संशोधन अनिवार्य : कार्यवाहक प्रधानमन्त्री पोखरेल

Loading

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपालबाट बालविवाहको अन्त्यका निम्ति संविधान, कानुन परिवर्तन गर्नुपरे पनि अगाडि बढ्ने बताएका छन्। दोस्रो बालिका सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्नै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन्।

नेपालमा बालविवाहको दर उच्च रहेको भन्दै यसको अन्त्यका निम्ति सरकार गम्भीर रहेको बताए। ‘बालविवाहको अन्त्य हुन जरुरी छ। यी समस्या समाधान गर्न सकिएन भने समाजनमा विकृति बढ्छ, कार्यबाहक प्रधानमन्त्री पोखरेलले भने, ‘आवश्यक परेमा संविधान, कानुन र विगतमा भएका निर्णय परिवर्तन गरेर भए पनि अगाडि बढ्नुपर्छ।’

बालबालिकासम्बन्धी ऐन २०७५ भर्खरै राष्ट्रपतिबाट प्रमाणीकरण भएको भन्दै मन्त्री पोखरेलले अब निर्मित कानुनबाट निर्देशित भएर सरकार बालविवाहको अन्त्यका निम्ती अगाडी बढ्ने बताए। कम उमेरमा हुने विवाहले बालिकाको जीवन बर्बाद गर्ने भन्दै पोखरेलले यसको अन्त्यका निम्ती सरकारी तथा सरोकारवाला सबै पक्ष एक भएर काम गर्नुपर्ने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed