Breaking News.... EverestOnlineKhabar
May 1, 2026

श्रीलङ्का : सरकारी निकायमा १ वर्षका लागि गाडी आयातमा रोक

Loading

बीबीसी । विदेशी मुद्राको अभाव देखिन थालेपछि कार र अन्य विलासिताका सामानको आयातमा कडाइ गर्ने श्रीलङ्काले  घोषणा गरेको छ। श्रीलङ्काको अर्थ मन्त्रालयले सबै सरकारी निकायमा गाडीहरूको आयातमा १ वर्षका लागि खरिद गर्न रोक लगाएको छ। यहाँका सरकारी अधिकारीलाई कार तथा विलासिताका सामान खरिदमा दिइँदै आएको भन्सार कर छुटलाई पनि आगामी ६ महिनाका लागि रोक लगाइएको छ।

श्रीलङ्काली बैङ्कहरूलाई कार, एअर कन्डिसनर्स, अत्तर, मोबाइल फोन र टेलिभिजनजस्ता विलासिताका सामान खरिद गर्न ऋण नदिन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

श्रीलङ्काको स्थानीय मुद्राको मुल्य अमेरिकी डलरको तुलनामा १० प्रतिशतले गिरावट देखिएपछि यसलाई सन्तुलन राख्ने प्रयासमा सरकारले उक्त निर्णय लिएको हो। सन् २०१८ को सुरूमा अमेरिकी एक डलर बराबर श्रीलङ्काली एक सय ५५ रूपैयाँ रहेकोमा शुक्रबार अमेरिकी एक डलर बराबर श्रीलङ्काली १ सय ७० रूपैयाँ कायम भएको छ।

गत अगस्टमा सरकारले विदेशी कारको खरिद गर्दा तिर्नुपर्ने करमा व्यापक वृद्धिको घोषणा गरेको थियो। तर, विदेशी मुद्रासँगको मुल्यमा देखिएको गिरावटलाई उक्त निर्णयले नियन्त्रण गर्न असफल सावित भएपछि विदेशी मुद्रा विनिमयमा समस्या आएको हो।

श्रीलङ्काको केन्द्रीय बैंकले कार खरिदका कारण यहाँको व्यापार घाटा गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ७० करोड अमेरिकी डलरबाट चालु आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ९० करोड पुगेको तथ्याङ्क सरकारलाई उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed