Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बलात्कारीको संरक्षण स्वयं सरकार गर्दैछ : कांग्रेस उपसभापति निधि

Loading

दाङ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले नै बलात्कारीको संरक्षण गरेको आरोप लगाएका छन् । प्रेस यूनियनले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले दिनहुँ बलात्कारका घटना भइरहँदा पनि सरकारले बलात्कारीविरुद्ध कडा कदम चाल्न नसकेको बताए ।

कञ्चनपुरकी निर्मला पन्त लगायतका बालिकाको बलात्कार र हत्या गर्नेहरुलाई सरकारले नै बचाउन खोजेको उनको आरोप छ । अहिले देशमा कानुनी शासन ध्वस्त भइसकेको भन्दै उनले अराजकताले प्रश्रय पाइरहेको बताए । सरकार संघीयतालाई बिधि अनुसार सञ्चालन गर्न असफल भइरहेको र तीनै तहका सरकारबीच तालमेल हुन नसकेको उनले बताए । अहिले सरकार पक्षकै उच्च तहका नेताहरुले सरकारको तिव्र आलोचना गरेको कुरा नै सरकारी असफलताको गतिलो प्रमाण भएको विचार उनले व्यक्त गरे ।
सरकारका गतिबिधिले संघीयता नै कमजोर हुने भन्दै निधिले सरकारले बिधिअनुसार प्रेदश सरकारलाई चलाउन नसकेको बताए । कांग्रेसको बिधान संशोधन सम्बन्धी सुझाव संकलनका क्रममा निधि दाङ आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed