Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट सहयोगमा युभेन्टसले इटालियन सिरी ए फुटबलमा आफ्नो जितको यात्रालाई कायम राखेको छ । युभेन्टसले १० खेलाडीमा सीमित भएको नापोलीलाई ३–१ ले हराएको हो । यो खेलमा रोनाल्डोले गोल गर्न सकेनन् तर युभेन्टसका तीनै गोलमा उनले सहयोग गरे ।

युभेन्टसका लागि मारियो मान्जुकीले दुई गोल गरे भने लियोनार्दो बोनुचीले एक गोल गरे । नापोलीका लागि ड्रिइस मर्टेन्सले एक गोल गरे । उनले १० औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । तर २६ औँ मिनेटमा रोनाल्डोको सहयोगमा मान्जुकीले घरेलु टोली युभेन्टसका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा बराबरी भएको खेलमा युभेन्टसले दोस्रो हाफमा दुई गोल थप गर्यो भने नापोलीका मारिओ रुइ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ४९ औँ मिनेटमा रोनाल्डोकै सहयोगमा मान्जुकीले दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । ५८ औँ मिनेटमा रुई बाहिरिएपछि नापोली १० खेलाडीमा सीमित भयो ।

७६ औँ मिनेटमा बोनुचीले गोल गरेपछि युभेन्टस ३–१ ले विजयी भयो । सातौँ जितपछि २१ अंक जोडेको शीर्ष स्थानको युभेन्टस दोस्रो स्थानको नापोली भन्दा ६ अंकले अघि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed