![]()
एजेन्सी । नेइमारसहितका स्टार खेलाडी रहेको टिम पेरिस सेन्ट–जर्मेन, पिएसजीले फ्रेन्च लिग वान फुटबलमा शानदार जितको यात्रा कायम राखेको छ । पिएसजीले १० खेलाडीमा सीमित भएको निसमाथि ३–० को जित निकालेको छ । लिगमा लगातार आठौँ जित निकाल्ने क्रममा नेइमारले दुई तथा एनकुकुले एक गोल गरे ।
५९ औँ मिनेटमा साइप्रिन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि निस १० खेलाडीमा सीमित भयो । पिएसजीले त्यसअघि नै दुई गोल गरिसकेको थियो ।
नेइमारले २२ तथा एनकुकुले ४६ औँ मिनेटमा गोल गरेका थिए । यस्तै नेइमारले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपछि पिएसजी ३–० ले विजयी भयो ।


