![]()
एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपड़ा अहिले मुम्बईमा शोनाली बोस को चलचित्र The Sky is Pink को शूटिंगमा व्यस्त छिन् । यस्तैमा प्रियंकालाई भेट्न उनका हुनेबाला श्रीमान निक जोनस बिजी शेड्यूलबाट समय निकालेर मुम्बई पुगेका छन् ।
शनिबार राति प्रियंकाको हात समाउदै निक जोनस प्रियंकाको साथमा डिनर डेटमा गएका देखिए । डिनरमा प्रियंका कालो पहिरनमा देखिइन् । निक जोनस निलो पोशाकमा सजिएका थिए ।
प्रियंका र निकसँग यो डिनर पार्टीमा उनीहरुका केही नजिकका साथी पनि देखिए ।
प्रियंका र निकको इन्गेजमेन्ट भैसकेको छ भने चाँडै वैवाहिक बन्धनमा बाँधिने तयारी छ । अभिनेत्री प्रियंका भन्दा निक १० बर्ष भन्दा कान्छा हुन । बिहे अघि नै दुवैले गज्जबले मस्ति गरिरहेका छन ।


