Breaking News.... EverestOnlineKhabar
April 30, 2026

इण्डोनेशियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब नौ सय

Loading

बीबीसी । इण्डोनेशियाको राष्ट्रिय विपद् निकायले विनाशकारी भूकम्प र सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।गत शुक्रबार उक्त टापुमा भूकम्प र त्यसपछि सुनामी आएको थियो।

राष्ट्रिय विपद् निकायले प्रभावित क्षेत्र पहिला ठानिए भन्दा ठूलो भएको पनि जनाएको छ। पत्रकार सम्मेलनमा उक्त निकायका प्रवक्ता सुतुपो पुर्वो नुग्रोहोले शुक्रबारको ७.५ म्याग्निट्यूडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू फसिरहेको ठानिएको जनाएका छन्।

भूकम्पपछि आएको सुनामीको छाल ६ मिटरसम्म अग्लो भएको उनले बताए। इण्डोनेशियाको पालु नगरमा उद्धारकर्मीहरूले विपद्‍मा परेर पनि जीवितै हुन सक्ने मानिसहरुको खोजी गरिरहेका छन्।

पालु नजिकैको डोंगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने स्पष्ट छैन। त्यसैले अहिले उक्त नगरको अवस्थाबारे चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed