![]()
दाङ ।दाङमा माटोको ढिस्कोले पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नं. ४ दोलाई खोला निवासी १२ वर्षीया रोजिना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र ३५ वर्षीया मिना चौधरीको मृत्यु भएको हो ।
शनिबार दिउँसो १ बजेतिर दसैँमा घर लिप्ने माटो खन्न गएका उनीहरूलाई माटो खन्दै गर्दा ढिस्कोले पुरेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक तीनै जना एउटै घर परिवारका हुन् । श्यामकुमारी र मिना नन्द भाउजु हुन् भने रेजिना भतिजी रहेको प्रहरीले जानकारी दिएको छ।


