Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् । अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लाग्नु भएको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस बार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनु हुनेछ । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।

उहाँले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed