Breaking News.... EverestOnlineKhabar
June 24, 2026

आफनै कुटाईले श्रीमतिको मृत्यु भएपछि श्रीमान फरार

Loading

बाँके । बाँकेमा एक महिलाको श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गनापुरकी २४ वर्षीया जानकी गिरीलाई श्रीमान प्रेम गिरीले कुट्दा मृत्यु भएको हो । तीन दिनअघि घरमा झगडा हुँदा प्रेमले श्रीमतीलाई कुटोले हानेका थिए । श्रीमानले कुटेपछि गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि नर्सिङहोम, नेपालगञ्जमा ल्याइएको थियो । जानकीको उपचारको क्रममा मृत्यु भयो ।

मदिरा सेवन गरेका श्रीमानसँग झगडा हुँदा कुटोले हानेको माइती पक्षले बताएका छन् । माइती पक्षले प्रेमका विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन् । श्रीमान फरार रहेका छन् । उनी भारततिर भागिसकेको आफन्तीहरुले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed