![]()
बाँके । बाँकेमा एक महिलाको श्रीमानको कुटाईबाट मृत्यु भएको छ । गनापुरकी २४ वर्षीया जानकी गिरीलाई श्रीमान प्रेम गिरीले कुट्दा मृत्यु भएको हो । तीन दिनअघि घरमा झगडा हुँदा प्रेमले श्रीमतीलाई कुटोले हानेका थिए । श्रीमानले कुटेपछि गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि नर्सिङहोम, नेपालगञ्जमा ल्याइएको थियो । जानकीको उपचारको क्रममा मृत्यु भयो ।
मदिरा सेवन गरेका श्रीमानसँग झगडा हुँदा कुटोले हानेको माइती पक्षले बताएका छन् । माइती पक्षले प्रेमका विरुद्धमा प्रहरीमा जाहेरी दिएका छन् । श्रीमान फरार रहेका छन् । उनी भारततिर भागिसकेको आफन्तीहरुले बताए ।


