Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रदेश ७ को राजधानी गोदावरी सार्ने सिफारिसपछि धनगढीमा तनाव

Loading

कैलाली । धनगढीबाट प्रदेश ७ को राजधानी सार्न खोजेको भन्दै विरोध प्रदर्शन सुरु भएको छ । प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।

उक्त सिफारिस मान्य नहुने भन्दै प्रदर्शन सुरु भएको हो । धनगढीबाट राजधानी सार्न नहुने भन्दै स्वस्फूर्त रुपमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिका सभापति तारा लामा तामाङका विरुद्ध नाराबाजी गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed