![]()
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटिले गरेको निर्णयअनुसार ‘ए’ डिभिजन लिग फुटबलको खेल तालिका केही परिवर्तन भएको हो ।
अक्टोबर १ तारिखदेखि बंगलादेशमा बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैछ । समूह ‘ए’ मा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै फिलिपिन्स र लाओस छन् ।
बंगबन्धु गोल्डकपको खेल तालिकाअनुसार नेपालले अक्टोबर २ तारिखमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूहको अन्तिम खेलमा नेपालले अक्टोबर ६ तारिखमा प्यालेस्टाइनसँग खेल्नेछ ।
बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिखमा हुनेछ भने फाइनल खेल १२ तारिखमा हुनेछ ।


