Breaking News.... EverestOnlineKhabar
June 24, 2026

लिबियामा युद्धविराम भङ्ग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त

Loading

बीबीसी ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटक–पटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको पहलमा गत अगस्ट २६ मा युद्धविराम भएको थियो।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले  जारी गरेको वक्तव्यमा भनिएको छ, ‘त्रिपोलीमा विभिन्न सशस्त्र समूहलाई समेटेर युद्धविराम गरिएको तर पछिल्ला केही हप्ता यता युद्धविराम भङ्गका घटना बढेकोप्रति राष्ट्रसंघ प्रमुख गुटेर्रेस चिन्तित हुनुहुन्छ।’

राष्ट्रसंघका विशेष प्रतिनिधि घसन सलामको पहलमा भएको युद्धविरामलाई युद्धरत पक्षद्वारा पूर्णरूपमा पालना गर्न र सर्वसाधारणलाई प्रभावित हुनबाट जोगाउन वक्तव्यमा भनिएको छ।

आइतबार लिबियाली एक मन्त्रीले गत शुक्रबार दुई शसस्त्र समूहबीच भएको भिडन्तमा १० जनाको मृत्यु भएको बताएपछि वक्तव्य जारी गरिएको हो। घटनामा सर्वसाधारणसहित ५९ जना घाइते भएका छन्।

राष्ट्रसङ्घले युद्धविराम भएको गत अगस्ट २६ पछि त्रिपोलीमा भएका युद्धविराम भङ्गका घटनामा कम्तीमा १ सय ६ जनाको मृत्यु भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed