Breaking News.... EverestOnlineKhabar
April 30, 2026

बेगनाश तालमा डुंगा दुर्घंटना, ६ बेपत्ता, २ जनाको मृत्यु

Loading

पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ भने  ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । 

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको एक स्थानीयले जानकारी दिए । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् ।  उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान अाएका अाफन्त सवार डुंगा पल्टिएपछि बेहाेस भएका स्थानीय कमलराज कडेंललार्इ पनि उपचारका लागि अस्पताल पुर्याइएकाे छ । उनी अर्काे डुंगामा सवार थिए । बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed