![]()
पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।
ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दर खान अाएका अाफन्त सवार डुंगा पल्टिएपछि बेहाेस भएका स्थानीय कमलराज कडेंललार्इ पनि उपचारका लागि अस्पताल पुर्याइएकाे छ । उनी अर्काे डुंगामा सवार थिए । बेपत्ता भएकाहरूकाे खाेजी कार्य भइरहेकाे छ ।


