![]()
बीबीसी । पाकिस्तानमा १३ औं राष्ट्रपतिमा प्रधानमन्त्री इमरान खान नेतृत्वको तेहरिक–ए– इस्लाम पार्टीका नेता आरिफ अल्भी निर्वाचित भएका छन्।
निर्वाचनमा खसेको ४ सय ३० मतमध्ये आरिफ अल्भीले २ सय १२ मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका हुन्। उनका प्रतिष्पर्धी पाकिस्तान मुस्लिम लीग–नवाजको समर्थनमा जामियत उलेमा–इ–इस्लाम पार्टीका मौलाना फजलूर रहमानले १३१ मत प्राप्त गरेका छन्।
पाकिस्तान पिपुल्स पार्टीका तर्फबाट चुनाव लडेका एजाज अहसनले ८१ मत प्राप्त गरेका छन्। ६ मत बदर भएको पाकिस्तानी सञ्चारमाध्यामहरुले जनाएका छन्।


