Breaking News.... EverestOnlineKhabar
May 2, 2026

देवानी र फौजदारी संहिता ऐन संशोधन गर्न पत्रकार महासंघको माग

Loading

काठमाडौं ।नेपाल पत्रकार महासंघको केन्द्रसहित सातै प्रदेशका महासंघको शाखाले भदौ १ गतेदेखि लागु भएको देवानी र फौजदारी संहिता ऐन संशोधन गर्न माग गरेको छ ।

उक्त ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने भन्दै महासंघको केन्द्रले संशोधन गर्न बुधबार सूचना तथा संचार मन्त्रीगोकुल बास्कोटालाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।नया देवानी र फौजदारी संहिता ऐनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने भन्दै त्यसलाई तुरन्त संशोधन गर्न महासंघले माग गरेको हो ।

यस्तै नेपाल पत्रकार महासंघको सातै प्रदेशका अध्यक्षको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले पनि बुधबारै प्रदेश सरकारमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै संशोधनका लागि माग गरेका छन् ।

स्वच्छ पत्रकारिता माथि अंकुश लगाउने खालको फौजदारी संहिता ऐन २०७४ आएको बताउँदै यसको संशोधनका लागि सातै प्रदेशका सरकार प्रमुखहरुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed