![]()
काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवामा मंगलबार बिहान ट्रान्समिसनको स्वीचमा खराबीका कारणले समस्या देखिएको टेलिकमले जनाएको छ ।
बिहान ६ बजेपछि जिएसएम प्रिपेड तथा पोस्पेड मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो । देशका सबै ठाउँमा नभइ केही ठाउँमा मात्रै समस्या देखिएको र आफूहरुले समाधान गरेको टेलिकमले जनाएको छ ।
अहिले देशभरकै मोबाइल सेवामा कुनै समस्या नरहेको जनाइएको छ ।


