Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बिमस्टेक सम्मेलनले नेपालको प्रभाव, प्रतिष्ठा, बिश्वसनियता र क्षमता बृद्धि : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा र सामर्थ्य बढाएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले ‘शिखर सम्मेलनको सफलताले नेपालको प्रभाव, प्रतिष्ठा, विश्वनियता र क्षमता बृद्धि गरेको ’  बताउनुभएको हो  । ‘नेपालले गर्न सक्छ र व्यस्थित ढंगले गर्न सक्छ भन्ने देखिएको छ’ प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले छोटो समयमा सफलतापूर्वक बिम्स्टेक सम्मेलन सम्पन्न गरेकामा नेपालको सामर्थ्यको पुनर्पुष्टि भएको समेत बताउनु भयो ।  चापाचापमा शिखर सम्मेलन आयोजन गरेको भए पनि सम्मेलन निकै फलदायी भएको प्रधानमन्त्रीको भनाई थियो ।

उहाँले  बिमस्टेक सम्मेलनको दौरानमा भएको सहमतिले अब नेपालले उत्पादन गरेर बचत रहेको विजुली बेच्ने बाटो खुलेको बताउनुभयो । बिमस्टेक सम्मेलनमा सहभागि हुन आएका म्यानमार र श्रीलंकाका  राष्टपतिको भ्रमणलाई दुइपक्षीय र औपचारिक भ्रमणको रुपमा व्यबहार गरिएको उहाँले बताउनुभयो । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई पनि औपचारिकता प्रदान गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो ।

भदौ १४ र १५ काठमाडौंमा आयोजना गरिएको बिमस्टेकको चौथो सम्मेलनको तयारीबारे प्रधानमन्त्री ओलीले पहिले पनि जानकारी गराउनु भएको थियो । संसदमा बोलद्ये प्रधानमन्त्री ओलीले राष्ट्रिय हित विपरित कुनै सहमति र संझौता नहुने स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed