Breaking News.... EverestOnlineKhabar
July 11, 2026

राष्ट्रपति भण्डारीद्वारा नेपाली क्रिकेट खेलाडीलाई भोज दिएर सम्मान

Loading

काठमाडौं । नेडरल्यान्डमा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी  बधाइ दिएकी छिन्। भण्डारीले नेपाली क्रिकेटरलाई निवास मै बोलाएर दिवाभोजको आयोजना गरेकी हुन्।

नेडरल्यान्डविरुद्धको एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोस्राे जित हात पारेको थियो। कार्यक्रममा राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियालिरहेको भन्दै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनुपर्ने बताइन्।  राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन्।

राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै बधाइ दिइन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित स्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताए। सदस्य–सचिव विष्टले मूलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको भन्दै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.